Skip to content

बाटोको गुनासो

ए यात्रीहरु हो! सुन…
म बाटो बिना
तिमीहरुको यात्रा अधुरो हुन्छ
अपुरो हुन्छ ।
खै तिमीहरुले कुरा बुझेका?

तिमीहरूको साइज साइजको पाइतालाहरुले
म टेकिएर उक्किन वाद्य हुन्छु
म भत्किन वाद्य हुन्छु
अनि म भत्किएपछि
तिमीहरु दायाँ बायाँ
तर्किएर हिंड्छौ
त्यतिखेर
मलाई तिमीहरूको साह्रै माया लाग्छ।

म अलिली उक्किदा
म अलिली भत्किदा
तर्किदै मायालाग्दो गरि
मलाई कुल्चिरहन्छौ
यात्रा गरिरहन्छौ ।

अनि म पुरै उक्किएर
सबै भत्किएर
तिमीहरूले पाइतालाहरु तर्काउने
ठाँउ नपाएपछि मात्र
मलाई जेनतेन उपचार गर्छौ
त्यतिखेर झन तिमीहरूको साह्रै धेरै माया लाग्छ
किनभने
तिमीहरूको थैली रित्तिइन्छ
तिमीहरूको गोजी रित्तिइन्छ
मलाई तिमीहरुको साह्रै धेरै माया लाग्छ !

चाँगे-५, नेसुम, ताप्लेजुङ
हाल: धरान, सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *