Skip to content


दुईचार कुरा गर्ने साइत कहिले जुर्ने हो
तिम्रो बाटो मैले मात्रै कति कुर्ने हो

कति कुरूँ खोलावारि पारि तर्नु छ
खोलाबिचमै डुबुँ भने धेरै गर्नु छ
मेरो कथा मेरै व्यथा कले लेख्ने हो?
दिवास्वप्न मैले मात्रै कति देख्ने हो?

लेखिएको मेरो भाग्य मेट्नु पर्ला कि
अर्को भाग्य कोर्न हामी भेट्नु पर्ला कि
दुईटा मनको साटासाट गर्नै पर्ने भो
आखिर एकदिन हामी सबै मर्नै पर्ने हो

शब्द ‍- एस्पी कोइराला
स्वर – रामकृष्ण ढकाल
संगीत – आलोकश्री
एल्बम – उपमा (उपहार – २)

Leave a Reply

Your email address will not be published. Required fields are marked *