Skip to content


कुरा धेरै….. मनै भरि अटाइ नअटाइ आ….इ………र‍‍ हे२

कुरा मनमा अटाइ नअटाइ आइरहे
पुरिएको घाउलाई तिनले बल्झाइरहे २
हिजो अस्ति हो वा आजै हो जम्का भेट भयो
भेट मात्रै हुनु के थ्यो मन यो तुल्बुलियो २

यिनै हुन् हातहरु उसले सुरारेका
यिनै हुन् बालहरु उसले मुसारेका
यिनै हुन् आँखाहरु आँसु चुहाएका
यिनै हुन् ओठहरु ओठ छुुवाएका
एउटै स्पर्श पनि मेरा लागि लाख भयो
स्पर्श मात्रै हुनु के थियो मन यो तुल्बुलियो ।

उसलाई हेर्न अझै आँखा पिरोलिन्छन्
उसैका सम्झना झन् मन छिरोलिन्छन् ।
उसैको बोली अझै कानमा गुँजेकै छ
मुटुको माया मेरो उसले बुझेकै छ ।
आजैको भेट पनि मेरा लागि लाख भयो
भेट मात्रै हुनु के थ्यो मन यो तुल्बुलियो ।
कुरा मनमा अटाइ नअटाइ आइरहे
पुरिएको घाउलाई तिनले बल्झाइरहे ३ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *