Skip to content

यो फलाम सलाम !!


साच्चै तिमी रै’छौ हिरा, म फलाम
तिमी चम्कन्छौ, म खिइन्छु ।
तिमी शोभा हर अंगको, म त फगत् खुट्टाको खुर
यो फलाम को, तिमी हिरालाई सलाम !!

तिमी र म पाउने स्थान एक छ

एक छ समाप्ति हुने, त्यो जमिन !
तर,
बिडम्बना ! मभन्दा मूल्यवान तिमीलाई पाउन,
मभन्दा तल गिर्नु पर्दो रै’छ ।

म चाडै खिइन्छु,
स-साना सितका कणले पनि खियाइदिन्छ ।
किनकि, म कमजोर छु, मेरो मन जस्तै
तिमी अमर छ्यौ, युगौं युग रमाउछ्यौ
किनकि, तिमी कठोर छ्यौ, तिम्रो मन जस्तै ।
यो कमजोर फलाम को, तिमी हिरालाई सलाम !

हो, म त्यही फलाम,
जो काटिन्छ तिम्रो धारमा
साँच्चै काट्यौ आज टुक्रा टुक्रामा !!

हो,
म त्यही काटिएको फलाम तिमी हिरा
यस्तै छ प्रिये तिम्रो अनि मेरो
कथा अनि व्यथा ।

तिमी मूल्यवान, म बेकाम
तिमी तृष्णा हर मन-मष्तिस्कको, म गुमना म
यो बेकाम फलाम को, तिमी हिरालाई सलाम !!
यो गुमना म फलाम को, तिमी हिरालाई सलाम !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *