लाटीमाया !
मलाई यत्ति थाहा छ
कि
म तिमीलाई माया गर्दछु
यो हिउँदोको हावामा जाडो
टाँसिए झैं
म तिम्रो मायामा टाँसिइरहेछु
तिमीले नै
मेरा कतिपय संवेदनाका
कविता
च्यातेकी थ्यौ’
र
क्षत-विक्षत मनको तीरै तीर
हिंडेकी थ्यौ’- जथाभावी
पिरतीको पाउजु बजाउँदै
अनि आफ्नै रुमालले पुछेकी थ्यौ’-
आँसु मेरो
गालाको बाटोमा
लुटेकी थ्यौ’-
छापामारहरुले बैंक लुटे झैँ
मेरा रुमानी रंगहरू
आज बेठेगान
तिम्रो मायामा मसित
टाँसिइरहेछ-
मि टू’ जस्तै धुमिल सम्झना
र
म मेरै प्रेयसीको यादमा
केराको पात झैं काँपिरहेछु-
मलाई थाहा छ
2014-12-13 17:14:12 +0000

very very nice, a true
very very nice, a true tefletion of contemporary time indeed…
DD bahiniko manko kabita.
DD bahiniko manko kabita. Thanks.