यादहरू आईरहे बारम्बार तिम्रै
मनमा मायाॅ बढिरह्यो अपार तिम्रै
भुलाउन नखोजेको काहाॅ हो र मैले
जिन्दगीले ठानिरह्यो दरकार तिम्रै
काहाॅ देखुॅ काहाॅ भेटुॅ हुॅदा छटपटि
छुन पुगेॅ तस्बिर हतार हतार तिम्रै
भुलाउन मायाॅको अदालतमा धाएॅ
न्याए दिने तिमी तिरै सरकार तिम्रै
भुलाउन नसक्दा मृत्यु शैया रोज्दैछु
रंगमञ्चमा अब जित तिम्रै हार तिम्रै
