त्यो सुन्दर मुहार को कुरा गरे त सक्की गो नि
त्यो सुन्दर बहार को कुरा गरे त सक्की गो नि
के भन्नु पर्छ र सधै चन्द्रमामा पनि दाग छ भनी
त्यो चाद या सितार को कुरा गरे त सक्की गो नि
ती पायलले मात्र संगीत को मिठास न भर्ने भए
त्यो तार या गीतार को कुरा गरे त सक्की गो नि
प्रेममा सामिप्य,समर्पणया अरु केही नहुने भए
त्यो या यो मनको तार को कुरा गरे त सक्की गो नि
