चोट दियौ मुटुभरि
भक्कानेर गीत बन्यो
मुटु साटें माया सम्झी
पराई भै आगो लायौ
पोल्यौ मलाई त्यो आगोले
आफु समेत जलिरह्यौ
मैले जस्तै तिम्ले पनि
पोल्ने आगो तापिरह्यौ
जल्नसम्म जलिरह्यौ
पिल्साएर मलाई पनि
मुटु साटें माया सम्झी
पराई भै आगो लायौ
यदि कतै त्यो मुटुमा
धड्किन्छ यो मायाँ भने
गोधुलिमा तिमीलाई
आँखाहरू टोलाएर
त्यो मायाको प्रतिक्षामा
मायाहरू फिजाएर
पर्खिराछु आगमनको
स्वागतद्वार सिंगारेर
चोट दियौ मुटुभरि
भक्कानेर गीत बन्यो
मुटु साटें माया सम्झी
पराई भै आगो लायौ
—————————–
