मलाई छोडी अन्तै आजकल उसले घर बसायो
मलाई त रुवायो रुयायो भैगो दुनिया हसायो
संकालु ती मनहरूले सोधिरहे मलाई मात्र
आखिर कसले हो यो बिछोड को खेल रचायो
पहिला माया गरे झैँ खुब लाडप्यार देखाउथ्यो
आजकल त निस्ठुरीले ओठ को हासो सकायो
सकिन्न क्यारेझैँ लाग्छ यसरी त बाच्न अब
जोस जागर मार्यो आफ्नै तन मन थकायो
प्रेम नै हो जीवन भनी के के के के भन्थ्यो
सपनामा उडाउदै लग्यो छाँगाबाट खसायो
