कहिले त एकान्तमा रुँदा याद आउँछ होला
सबै सामु तर एक्लै हुँदा याद आउँछ होला
मलाई सुमसुम्याउने कोमल तिम्रा ती हातहरू
सुस्त सुस्त पराईले छुँदा याद आउँछ होला
रुँदा सङ्गै आँसु हामी एक अर्काले पुछिदेको
चिनो उही जाली रुमाल धुँदा याद आउँछ होला
कहिले त एकान्तमा रुँदा याद आउँछ होला
सबै सामु तर एक्लै हुँदा याद आउँछ होला
पुस्कल पौडेल (—प्रतिक)
