Skip to content


टलपल टलपल सुकि जाने, शीतको थोपा होइन माया
उज्यालोमा मात्रै साथमा हिड्ने, छायाँ पनि होइन माया

सुन-चाँदी जस्तै तौलिन मिल्ने, यो कुनै वस्तु होइन
सस्तोनै बरु किन नहोस, फलाम जस्तै भैदियोस माया

जून तारा आकाश झार्छन्, हातको नारि समेत रेट्छन्
पाए सस्तो खेलौना जस्तो, भैदिन्छन् निठुरीलाई माया

दुई आत्माको मिलन बिन्दु, आकाश पाताल जोड्छ
बन्धन तोड्दै कठोरताको, खुल्ला गगन चुम्छ माया

Leave a Reply

Your email address will not be published. Required fields are marked *