Skip to content


बलिन्द्र धारा भएर आज आँशु बग्दछ आँखामा
कसरि भुलु नानी भएर बसेको आमाको आँखामा?

निःस्वार्थ जीवनदान दिएर जाने आमानै त रहेछ
ठूलो सानोको भेदभाव देखिन्नथे आमाको आँखामा

धर्म-कर्ममा आश्रित जिउन सिकाउने नै ऊनी हुन्
असाहयप्रति समान प्रेम झल्कन्थे आमाको आँखामा

क्षमा पाऊ आमा कतै बिराए होला जीवनको मोडमा
दुई शब्द बहेको सकिन अरु चडाउन आमाको आँखामा

आमाले डोराउनु भएको प्रेमपथमा म सधै हिड्ने छु
शतकर्मा भूली फोहर पर्न दिन्न म आमाको आँखामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *