Skip to content

तिमी कहाँ हराइगयौ


तिमी कहाँ हराइगयौ बादलुको माझमा
डुविरहें म यहाँ सम्झनाको माझमा

रुख बुट्यान् उजाड लाग्छन् गाउँघर शुन्य लाग्छन्
संगीतका सातै सुर सबै फिका फिका लाग्छन्
मन आज बेचैन छ जीवन भो दोसाँधमा
तिमी कहाँ हराइ गयौ बादलुको माझमा

यादहरू साँचीराछु जीवन यात्रा काट्नलाई
तिम्रो मेरो सम्बन्ध गाढा राख्नलाई
लेख्न खोज्छु कथाहरू हात छैन साथमा
तिमी कहाँ हराई गयौ बादलुको माझमा

1 thought on “तिमी कहाँ हराइगयौ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *