Skip to content


जिउने सास हौ तिमी, र त यो मुटु धड्कन्छ
बाँच्ने आश हौ तिमी, र त बाँच्नुको अर्थ छ

सुखको राश हौ तिमी, र त वसन्त बहार छ
दु:खको नाश हौ तिमी, र त शान्तिको बास छ

अमिट प्यास हौ तिमी, र त नशा झन् बढ्दो छ
दैनिक अभ्यास हौ तिमी, र त जिउन्मा जाँगर चल्छ

देव-देवताको बास हौ तिमी, र त सुख शान्तिले भरिपूर्ण छ
जीवनको मधुमास हौ तिमी, र त संसार ढकमक्क फूलेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *