हिजो सानो चिनजान्ले सधैं साथ दिन्छु भन्यौ
संसारको सबै माया मेरै लागि किन्छु भन्यौ
म हावा हुँ, पागल हुँ, के नै भर छ र? भन्दा
पागल मेरै लागि भको म नै तिम्लाई लिन्छु भन्यौ
केही छैन मेरो साथ तिम्लाई दिन सक्नेभन्दा
केही चाहिंदैन मलाई तिमीसँगै हिन्छु भन्यौ
पहिलेदेखि माया थियो अब साँच्चै पक्का भयो
मुस्कुराउँदै तिमी आउँने दिन अब गिन्छु भन्यौ
अफसोस !
मलाई आज धिक्कार छ मायाँ गर्न जानिन रे
अफसोस ! त्यही साथ आज तिम्ले छिन्छु भन्यौ
संसारको सबै माया मेरै लागि किन्छु भन्यौ
