Skip to content


नाथे, यो मन…
दु:खमा अत्तालिन्छ
सुखमा बथालिन्छ

दु:खमा सबै अञ्जान
सुखमा सबै चिनजान

दु:खमा श्रावण र भाद्र
सुखमा दिन दिनै जात्रा

दु:खमा घरवली प्यारी
सुखमा गल्लीकि चरी

दु:खमा पुग्दैन आँट
सुखमा ठाँट बाँट

दु:खमा भगवान
सुखमा पकवान

दु:खमा आस्तिक
सुखमा नास्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *