एक
ऋणै – ऋणले टेकिइने अँझ कतिन्जेल
सस्तो भाउमा बेचिइने अँझ कतिन्जेल
छातीभित्र देश बोकेर हिँड्नेहरू हो, ए
आफ्नै देशमा हेपिइने अँझ कतिन्जेल
दुई
म मृत्युको पाइलाले टेकिएँ छु भने
यदि कतै नियात्रामा छेकिएँ छु भने
हर रात तारा भई मुस्काइरहुँला
तिमी हात हल्लाउनु देखिएँ छु भने
सूर्य चेम्जोङ
