Skip to content

तिम्रो बोझ केही हदमा


तिम्रो बोझ केही हदमा मैले पनि लिएकी छु
तिम्रो साथ भागय ठानी खुशीमा नै जिएकी छु

जीवनका हरेक मोडमा कुनै दिन नहौ टाढा
ठान तिमी टाढा हुँदा जह र मैले पिएकी छु

परेवाको जोडी जस्तो नमुना यो सहयात्रा
तिम्रो हर गन्त ब्यमा साथ मैले दिएकी छु

तिम्रो साथ मेरो खुशी तिमी नै हो जीवन ज्योति
हरा क्ष णका खुशिहरू तिम्रै लागि सिएकी छु

समाज सेवा, साहित्यमा निरन्तर खटे पनि
तिम्रो निम्ति किरण्छर्दै मैन जस्तै खिएकी छु

3 thoughts on “तिम्रो बोझ केही हदमा”

  1. बहिनी निकै अाशाप्रद रचनाकाे
    बहिनी निकै अाशाप्रद रचनाकाे उदय गरेकाे देखियाे । बधाइ छ । तर बाँकी रचनाहरु पनि हेर्न पाउँ । अनि अरुका पनि पढेर ज्ञान लिने गर्नु र लेख्न सिपालु हुनु । शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *