Skip to content


जन्डिसले खाएको
पहेलो घाम
तीनजुरे देउरालीमा
आत्महत्या गरेपछि
-कति खुशी गुम्यो होला ?
-कति दुख लुक्यो होला ?
-कति हर्ष मैलायो होला ?
त्यो अन्धकारमा
उभारविहीन
हर्ष न विस्मातको ।

फालेलुङले पून जन्माएपछि
अलैचीको पातमा
आँशुको मोती नओभाउँदै
आएको छ नयाँ दिन
मुस्कुराउँदै ।

उही चोकेमा
फेरिएको छ नयाँ क्यालेडर
पुरानै योजनामा
फेरिएको छ आवरण ।

समिक्षा गर्नु छ अब
वध्धु बन्नुको रहस्य
आउने हरेक शिशिर र वसन्तमा
पहिचान गर्नु छ तिलष्मी रूप
नाप्नु छ तिम्रो उचाइ
चापको फूलबाट ।

सुन्दर अल्पभाषी

1 thought on “नयाँ वर्ष”

Leave a Reply

Your email address will not be published. Required fields are marked *