Skip to content


हिमालका
निधारबाट
निर्झर
हाम्फालेर
चुली थुम्की हुँदै
पहाडका नागी
तलतल खस्दै
कापकापमा
तलाउ रसाएको छ,

दुई पहाड चिरेर
नदी बग्छ
सललल
सृष्टि चलिरहेको धेरै भयो,

युग बिते
सभ्यताले
बाटो ततायो
पूराण लेखियो
शास्त्र
वाद
विवाद
प्रतिवाद
गर्दैछ
समयको सत्ता
सुलुलुलु गर्दै
निरन्तर
चलिरहेको छ,

भीरबाट
पहिरो बज्रियो
नदी
छ्वात्लाङ्ग ।

पेशल आचार्य
टीकाथली–४, ललितपुर
हालः मन्थली उमावि, मन्थली
मोबाइल: ९८४४०४४०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *