Skip to content

सदा अटल शिर हिमाल छ


सदा अटल शिर हिमाल छ
सुन्दर शान्त देश नेपाल छ

हिमाल हाँस्छ पहिलो किरणसँगै
गुराँससँगै फूल्ने मायाजाल छ

मोती फूल्छ अलैचीको पातमा
नया उमंग नयाँ नयाँ साल छ

फूलिरहेछ गरिबी फलेर रोग भोग
रित्तो छ गाँस रित्तो रित्तो थाल छ

मनाइरहेछ मृत्यु उतस्व उही साझ
बेमौसमी याम अनेक माया जाल छ

२०७२/०१/०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *