Skip to content

संयुक्त गजल संङ्ग्रहको बिमोचन तथा GFNL इजरायलमा नयाँ कार्यसमितिको चयन

20150421_KalpanaPoudyal_News


विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले मिति २०७२ बैशाख ५ गते शनिबार इजरायलको तेलअभिभमा आयोजना गरेको ‘सगरमाथा देखि मृत्य सागर सम्म’गजल सङ्ग्रह बिमोचन कार्यक्रम र नयाँ कार्य समितिको स्वागत तथा घोषणा कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रम संस्थाकी अध्यक्ष काजल घिमिरे नानुको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको बारेमा जानकारी रजनी शर्माले गर्नुभएको थियो भने कार्यक्रम संचालन (उद्घोषण) संस्थाको उपाध्यक्ष दिपेन्द्र थापाले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुत हाम्रा महामहिम श्रीप्रल्हाद कुमार प्रसाईज्युले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने संस्थाको कार्यसमितिका साथीहरू, गणेश गौतम, दिपेन्द्र थापा, रश्मी केसी, सावित्र लुइँटेल, रानु सुबेदी, देवी सुबेदीहरूबाट स्वागत गीतले उपस्थित सम्पूर्ण अतिथि ज्युहरूलाई स्वागत गरिएको थियो । स्वागत गीत गणेश गौतमको रचना र संगीत रियाज सिवाकोटीले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाको सचिव कल्पना पौडेल “जिज्ञासु “ले गर्नुभएको थियो । संस्थाको उपलब्धि, प्रगति, गतिबिधि जानकारी संस्था को तर्फबाट नीतु खतिवडाले गर्नुभएको थियो, उक्त कार्यक्रममा उपस्थित एन, आर एन अध्यक्ष सुबास खरेल, हेल्पिङ् हेन्ड्सबाट कृष्ण ज्ञावाली, नेपाल तामाङ घेदुङ इजरायलबाट बि बि लामा तामाङ्, संस्थाकी सल्लाहाकार भगवती बस्ने लगायतले कार्यक्रममा शुभकामना मन्तब्य दिनुभएको थियो ।

गणेश गौतम, रानु सुबेदी, रश्मि केसी, रियाज सिवाकोटीले सुमधुर र कर्ण प्रिय स्वरमा आफ्नो नेपाली पनका गीतहरू पस्किनु भएको थियो भने, रजनी शर्मा, समा श्रीराउत, देवी सुबेदी, अम्बिका याफु, कल्पना पौड्याल, माला खनाल भगवती बस्नेत, लगायत साहित्य प्रेमीहरूले सारै भावुक र मिठा गजल बचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा गजल-सङ्ग्रहको बिमोचन, तथा लोकरोपण प्रमुख अथिति महामहिम श्रीप्रल्हादकुमार प्रसाईज्युबाट भएको थियो । साथमा प्रमुख अतिथि महामहिमज्युबाट कार्यसमिति साथीहरू, बसु श्रेष्ठ, रश्मी केसी, रानु सुबेदी माला खनाल, गणेश गौतम, निशा कटवाल, राधा भट्टराई शान्त खवास, अम्बिका याम्फु, मुना सिग्देल आर के शर्मा लगायतलाई परिचय पत्र वितरण गरिएको थियो ।
“सगरमाथादेखि मृत्य सागरसम्म” गजल सङ्ग्रहमा गजल लेखेर समाबेस हुने साहित्य साथीहरूलाई कदर, हौशला सम्मान स्वरूप प्रमाण पत्र र खादा अवीर बितरण लगायत, नयाँ चयन भएको कार्यसमितको स्वागत नेपाली राजदुतावासका उप-प्रमुख श्रीखड्गप्रसाद दाहाल ज्युले गर्नुभएको थियो । सावित्रा लुइँटेलको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको २९ जनाको नयाँ कार्यसमिति घोषणा भएको थियो । उक्त समितिमा प्रथम उपाध्यक्षमा दिपेन्द्र थापा, दोश्रो उपाध्यक्षमा देवी सुबेदी, महाचाचिब सानु गुरुङ्, सचिवमा कल्पना पौड्याल, सहसचिवमा गणेश गौतम, कोषाध्यक्षमा राधा भट्टराई, सह-कोषाध्यक्षमा, बसु श्रेष्ठ, कार्यकारी सदस्यहरूमा नीतु खतिवडा, साबि पाठक, मुना ढकाल, धर्मराज भण्डारी, मुना सिग्देल, जमुना घिमिरे, बेदप्रसाद घिमिरे, रजनी शर्मा, अम्बिका याम्फु, शान्त खवास, रश्मि केसी, रानु सुबेदी, आरके शर्मा, निशा खनाल, समा श्रीराउत, चन्द्रकला बानिम, निर्मला भुषाल, सीता तिमील्सिना, सबित अधिकारी, बिमला ढुंगानाज्युहरू रहनु भएको छ ।

पूर्वअध्यक्ष काजल घिमिरे नानुले नयाँ अध्यक्ष सावित्रा लुइँटेललाई पदभार हस्तान्तरण गर्नुभएको थियो । अन्तमा प्रमुख अतिथिको शुभकामना र कार्यक्रमको समीक्षा मन्तब्यसँगै कार्यक्रमको अध्यक्षबाट उक्त कर्यक्रम बिसर्जन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *