Skip to content


शिव
बुद्ध
जिजस्
या मोहम्मद
जे नाम देऊ
ती सबै ईश्वर हुन्,
ईश्वर अनेक छन्
ईश्वर एक छन्,

मन्दिर
गुम्बा
चर्च
या मस्जिद्
झुप्रो
घर
महल
या इमारत
जे भने पनि
त्यहाँ मानव शरीर झैँ
भित्र आत्मा लुकेको छ,

मानिसहरू
ईश्वरको विभाजन नगर
हामी एकमा अनेक बताउँछौं,

देवता
ईश्वर
अल्लाह
जिजस्
आखिर पुग्ने बाटा फरक
लक्ष्य एउटै हुन्
गन्तव्य एउटै हुन् ।

पेशल आचार्य
टीकाथली–४, ललितपुर
हाल : मन्थली उमावि, मन्थली
मोबाइल : ९८४४०४४०८३

1 thought on “एक अनेक”

  1. राम्रो। एकताको सन्देश बोकेको
    राम्रो। एकताको सन्देश बोकेको कविता राम्रो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *