Skip to content

हराएका गीत र कविताहरू


हराएँ
यसपटक थुप्रै मैले
प्रेमका कविताहरू हराएँ
प्रेमका गीतहरू पनि हराएँ
कतिपय
सुकोमल भाव भएका गीतहरू
सुन्दर सन्देश रहेका कविताहरू
हराए
बाहिरिए,

गीतहरू
मैले आँसुले लेखेका पनि थिए
कविताहरू
मैले रगतले लेखेका पनि थिए
भेटाउन सक्छन् जसले पनि
फेला पार्न सक्छन् कसैले पनि
कृपया जसले भेट्टाए पनि
बिन्ती जसले फेलापारे पनि
च्यातेर
कन्टेनरमा
नआफल्नु होला
बरू
पुरानै
कलेवरमा
तिनीहरूलाई
सडकमा टाँसिदिनु होला
‘हराएका गीत र कविताहरू’
शीर्षकमा सूचना लेखेर
एकपल्ट
महासय, एकपल्ट ।

पेशल आचार्य
टीकाथली–४, ललितपुर
हालः मन्थली उमावि, मन्थली
मोबाइल ः९८४४०४४०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *