मनमा ठुलो आश थियो मार्यौं फेरि
बैठककोठाभित्रै अलपत्र पार्यौं फेरि
पक्कै आउँछ भनी जनतालाई फुलायौ
संविधान आउने दिन पनि सार्यौ फेरि
केही गरेर खान्छु म त भन्नेहरूलाई पनि
योग्यताको बाहाना तल झार्यौं फेरि
आज-भोलि भन्दा-भन्दै कुरेकै थियौं
समयलाई नै महत्वविहीन पार्यौ फेरि
मनमा ठुलो आश थियो मार्यौं फेरि
सानु खड्का,
सीतापाइला, काठमाण्डौं
