अलिकति विकासका कुरा गर
केही निकाशका कुरा गर
थातवातको ओखतिमुलोको
ओदानमाथिको भरिएको भाँडोको
भाँडो भित्र जाउलोको विश्वास भरेर
भोलि पनि पेट भरिने कुरा गर
सहजै पढ्न सक्ने कुराहरू
बाटो हिड्दा बाच्न पाउने कुरा गर
आमालाई विश्वासको भर्सेलीमा
अभाव बिनाको डाडु पुन्यु
चलाउने कुरा गर
बालकहरू स्कुल पढ्ने कुरा गर
दिदी बहिनी हिड्दा विश्वासको फराकिलो
निर्धक्क बाटो खोल
राख तिम्रो संविधान तिम्रै बोलीमा
राख तिम्रो संविधान तिम्रै गोलिमा
उफ्रेर कुर्सी भांच कि ढाड भांच
त्यो सरोकार छैन हामीलाई
भांच्छौ भने आफ्नै ढाड भांच बरु
नाच्दा आफ्नै खुट्टा भांच केहि नापीन्न
अबोध आकाशमा रगत नफाल
सानु कुरो हो दिन सक्छौ भने त्यो बाँड
सबैले सबैलाई बाच्ने
सबैसँग होस्टे हैंसे राख्ने
एक थान संविधान फाल
