तिमी मुस्कुराउँदै आयौ जिवनमा
चिन्न सकिन मैले
भूल भयो त्यो दिन
ढिलो भयो बस एक छिन्
बसेको भयो म राख्ने थिएँ
प्रेम प्रस्ताव
तीमी मुस्कुराएकी थियौ
मलाई याद छ राम्ररी
त्यो दिन मसँग दिल खोलेर
तिमी हाँसेको कुरा
मतिर हेर्दै लजाउँदै
नाचेको कुरा
तर भूल भयो
साँच्चै आज कवुल भयो
मलाई के थाहा
फूलहरुको माझमा एउटा फूल
जिस्काईरहेछ मलाई
ए प्रिय लैजाउ मेरो मधुरस
तिमी बिना निरस साँझ भो बस
मैले बुझिन तिम्रो समर्पण
गरेछौ मलाई त्यो दिल अर्पण
हो मैले बुझिन
तर साँच्चै मैले बुझ पचाईन
आज थाहा भयो
कसैको दिलमा मेरो लागि
रहेछ यति धैरे प्यार
जब उसैले भन्यो मलाई
ए मायालु
मेरो मनमा तिमी हाँसेका थियौ
मेरो दिलमा तिमी नाचेका थियौ
जसरी नाच्छन वनमा निर्दोष वनचरहरु
अहो महान समर्पण मेरो लागि
कसैले गरेको रहेछ
आज थाहा पाउँदा
त्यसै त्यसै बग्न थाल्यो
आँखा बाट प्रेम रस
कति निश्चल प्रेम
कति चोखो कति सरस
त्यती धेरै फूलहरुको माझमा एउटा फूल
बुझ्न सकिन त्यसको मन
भयेछ ठुलो भुल
मन लाई सम्झाउछु
टिपी लग्यो अरुले त के भयो
त्यसको हरेक केस्रा केस्रामा
म नै बसेको रहेछु
अहो यो कस्तो प्रित
वुझनै नसकिने जिवन गीत
जस्लाई खोजिन्छ त्यो पाईन्न
जस्लाई पाईन्छ त्यो खोजिन्न
आज महसुस भयो मलाई
हामी सबै अधुरा छौँ
हामि कति अपुरा छौ
