Skip to content

मेरो कविताको स्रोत

शब्दको तलाशमा गाको थिए
फर्केर आको छु
शब्द त भेटिन शायद
तर,
भावना ल्याको छु
असंख्य अनि बिबिध
हो! विधा निरपेक्ष भावनाहरु
सबै मेरै हुन्
येही सानो मनको अनुर्वर स्रोतहरुको
पैदाइशि, कथित-अमर भावनाहरु
संगालिएका अवान्छित रहरहरुले,
मुटुले गुडुल्कि मार्दै छाती पोल्दा
श्वास रुपी ज्वाला सहेको प्रहरहरुले,
मध्य राति कालो छानाको अग्रभूमि मा
खुल्ला आखा अगाडी मेरो सपनाको डुबेको शहर हरुले,
निरङ्कुश मगज र लोकतन्त्रीक मन बीचको शीत युद्धको मेघको बेग
थेग्न अनिदो कम्जोर मेरो आखा को नहर हरुले
प्रतिपाद गरिरहेछन
मेरा अनिरुध्ध अनुरागका लहरहरुलाई निरन्तर
जे होस्, यी बिचलित भावना हरु मेरा शब्द हुन्
जसले मेरो कविता शालीन बनाउने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *