Skip to content

सताउँदैछ प्रिया मलाई


प्रियजनको यादले आज सताउँदैछ प्रिया मलाई ।
मायाँ भन्ने कुरा के हो बताउँदैछ प्रिया मलाई ।।

केही गर्न खोज्छु तर तिम्रो यादले सताउँदैछ ।
तिम्रो अभाव आजभोलि जताउँदैछ (खड्किदैछ) प्रिया मलाई ।।

राती आउँछौ सपनीमा दिनभरी सम्झनामा ।
सम्झनाले लठ्ठ पार्दै मताउँदैछ प्रिया मलाई ।।

भेटिएर छुट्नु प¥यो अब फेरी जुट्छ भनी ।
भेट्नलाई यो मनले तताउँदैछ प्रिया मलाई ।।
मायाँ भन्ने कुरा के हो बताउँदैछ प्रिया मलाई ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *