Skip to content

थाम बरु यी हातहरु


नआऊ न अब जिन्दगीमा, घुम्टो ओढ्ने रातहरू,
छ म छ म नाचुन शुर तालमा, दोहोरी खेल्ने बातहरू

मुर्दा बनी अतितहरू, शम्सान घाट्को बाटो रोजुन,
बन्दी बनून झ्यालखानामा, बिझाई दुख्ने घातहरू

जल्नुसम्म जल्यौ आफै, अहंकारको आगो सल्काई,
आफ्नै आत्मा हास्न थाले, छुट्दा हाम्रा साथहरू

घमण्डको फूलबारीमा, अविश्वासको फूल रोप्यौ,
ठाडै सुके बोटहरू, पलाएनन ती पातहरू

नहोस टेक्ने धर्ती बरु, मनको धर्ती भए पुग्छ,
लड्नै लाग्यो तिम्रो ‘कृष्ण’, थाम बरु यी हातहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *