म त्यै आँगनमा उभिइरहेछु – नाच्न भनेर
जहाँ मान्छेहरु मरिरहेछन् – बाँच्न भनेर
जुन हाँगोमा जिन्दगीको हाँसो फुल्दैछ
त्यै हाँगो सबैले समाती रहेछन्- भाँच्न भनेर
धेरै पटक नापीसक्यो नियतीले जिन्दगीलाई
आउँदै छ फेरि ऊ जिन्दगी – जाँच्न भनेर
यी दुई आँखामा कैयौं सपना साँच्यो आँसुले
सकेन यो फूलको जोबन – साँच्न भनेर
