Skip to content

आँखाभरि टिलपिल आँसु “



आँखाभरि टिलपिल आँसु पार्दै म परदेश आएँ
जिन्दगीलाई सात समुद्र तार्दै म परदेश आएँ ।”

मिठो पिठो जे भएनि बाँडी खाउँला सँगै भन्थे
नयनबाट बलिन धारा झार्दै म परदेश आएँ । ”

बाँच्नु पर्ने जिन्दगीले कैले पालुवा फेर्ला भनी
छिया छिया भाको मुटु बार्दै म पर्देेश आएँ ।”

भाग्यको नै खेल सम्झी आफ्नो मन बुझाएर
तिर्सना ती मनभित्रका मार्दै म परदेश आएँ ।”

चारैतिर पीडा मात्र खुशी कैले नमिलेसि
जिन्दगीसँग हरेक पल हार्दै म परदेश आएँ । ”

डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

6 thoughts on “आँखाभरि टिलपिल आँसु “”

  1. अाँखा भरि टिलपिल अाँसु पाे
    अाँखा भरि टिलपिल अाँसु पाे सही हाे त मित्र ।

  2. खराल भाइ मैले केही भनेकाेमा
    खराल भाइ मैले केही भनेकाेमा अन्यथा नमान्ने हाे भने केही भन्नु पर्ने भाे भाइका कविताकाे सन्दर्भमा । अन्यथा नमान है । टाइप गर्दा मिस्टेक हुन्छ मलाई थाहा छ । यसबारे ताे केही भन्नु छैन ।

    म भाइकाे कवितालाई शुद्ध नेपाली भाषामा बनाइदिनु पर्याे नराम्रो नमान्नु । यदि मैले गलत कम गरे‌ भन्ने लाग्छ भने अघिबाटै म क्षमा चाहन्छु ।
    अाँखामा पिलपिल अाँसु हाेइन भाइ पिलपिल ता अागाे बल्ने प्रक्रिया पाे हाे । अागाे पिलपिल बलिरहेकाे छ भनिन्छ । अाँखा भरि अाँसु अाएर झर्न झर्न लागेकाे बेला टिलपिल हाे । अाँखामा टिलपिल अाँसु हाे । यस अनुसार अशुद्ध भएकाे म सच्याइ पठाइदिन्छु ।

    आँखाभरि टिलपिल आँसु पार्दै म परदेश आएँ
    जिन्दगीलाई सात समुद्र तार्दै म परदेश आएँ ।”

    मिठो पिठो जे भएनि बाँडी खाउँला सँगै भन्थे
    नयनबाट बलिन धारा झार्दै म परदेश आएँ । ”

    बाँच्नु पर्ने जिन्दगीले कैले पालुवा फेर्ला भनी
    छिया छिया भाको मुटु बार्दै म पर्देेश आएँ ।”

    भाग्यको नै खेल सम्झी आफ्नो मन बुझाएर
    तिर्सना ती मनभित्रका मार्दै म परदेश आएँ ।”

    चारैतिर पीडा मात्र खुशी कैले नमिलेसि
    जिन्दगीसँग हरेक पल हार्दै म परदेश आएँ । “

  3. उदाहरणको लागि भनौं न –
    उदाहरणको लागि भनौं न – “मिरमिरे साँझमा सिमसिमे पानी सातै रंग इन्द्रेणी रानी” भनेर गीत बनाए र निकै हिट पनि छ । तर त्यसमा ठुलो भाषागत त्रुटी छ : मिरमिरे त बिहान हुन्छ, साँझ हुँदैन । स्थापितहरूले त यस्तो गर्छन् भने, हामी त शिकारू । तर सुधार्दै जानु नै ठुलो कुरा हो ।

    वाह‍-वाह गरिदिने मान्छे सजिलै भेटिन्छ, तर कमजोरीलाई केलाएर परिश्रम गरी सच्याइदिने मान्छे बिरलै पाइन्छ । खरालजी, आशा छ लेखन अँझ खारिँदै लैजानुहुनेछ ।

    इमेलमा व्यक्तिगत रुपमा प्रतिकृया गर्ने पनि राम्रै हो, तर यसरी सार्वजनिक रुपमा प्रतिकृया पढ्न पाइयो भने अन्य पाठकहरू पनि लाभान्वित हुने मौका पाइन्छ र प्रतिकृयाको औचित्य धेरै गुणा बढेर जान्छ । तर, कसलाई कस्तो मन पर्ने भन्ने त आफ्नो व्यक्तिगत रुचिका कुरा हुन् नै, अवश्य !

    होम सरले मेरो पनि यसरी नै निकै गल्ती सच्याइदिनुभएको छ, जसलाई म सहर्ष र सधन्यवाद शिरोपर गर्ने गर्दछु ।

  4. सम्पादकज्यू नै मेराे पक्षमा
    सम्पादकज्यू नै मेराे पक्षमा अाएपछि ता म फुरुङ्ग भइगएँ नि । म जहाँ पनि सिर्जनात्मक सहयोग गर्ने मान्छे हुँ । यसैले मैले घायल भाइकाे पनि सच्याइदिएकाे थिएँ । शैक्षिक विषयमा लेखिएकाे एक सानाेतिनाे लेख गरिमा अाचार्यकाे अहिले पढ‌े । तर उनकाे पहिलेकाे सामग्री र यसमा मलाइ सन्देह भयाे । उनकाे स्तर हाइस्कुल तह नै हाे भने उनकाे यस तहकाे भन्दा निकै माथिकाे याे रचनामा माथि मलाइ केही चित्त बुझेन । कि उनी धेरै माथिकी छिन कि याे लेख अर्कैले लेखेर उनकाे नाममा पाेष्ट हुन गयाे । याे मेराे अनुमान हाे अनुमान गलत पनि हुन सक्ला ।

  5. मैले कोरेका लेखहरुमा केहि
    मैले कोरेका लेखहरुमा केहि त्रुटीआको छ , यस्ता कमी कम्जोरि हरुलाई आउँदा दिन हरुमा सुधारेर पोस्ट गर्ने कोशिस गर्ने छु ,मेरा कमि कम्जोरीलाई यदी हजुरले e-mail बाट सल्लाह र सुझाव दिनु भएको भए मलाई कति खुशी लाग्थेयो होला ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *