पराईले पीर गर्नन
पीर गर्ने आफ्नै हुन्छन
त्यही पीरमा माया हुन्छ
पीर दिने आफ्नै हुन्छन
पीर गर्ने पराई हुन्नन्
पीर दिने आफ्नै हुन्छन
मुटु भित्र शूल बनी
पीर दिने आफ्नै हुन्छन
त्यही शुलमा पीर थपी
मायाँ बुन्ने आफ्नै हुन्छन
इर्श्या गर्ने आफ्नै हुन्छन
डाहा गर्ने आफ्नै हुन्छन
पराईले पिर दिन्नन
पीर गर्ने आफ्नै हुन्छन
स्याहार गर्ने आफ्नै हुन्छन
जलाउने नि आफ्नै हुन्छन
मुटु छामी मुटु थिच्ने
ती पनि त आफ्नै हुन्छन
अमृत चुसी बिष छर्ने
ती त झनै आफ्नै हुन्छन
पराईले लात हान्नन
लात हान्ने आफ्नै हुन्छन
पेट दिने आफ्नै हुन्छन
भेट दिने आफ्नै हुन्छन
त्यही मिलन बिछोड दिने
ती पनि त आफ्नै हुन्छन
स्नेहको सागरमुनी
संसार दिने आफ्नै हुन्छन
त्यही संसारलाई छुरा बनाई
घोच्ने पनि आफ्नै हुन्छन
पराईले पीर गर्नन
पीर गर्ने आफ्नै हुन्छन
पराईले पीर दिन्नन
पीर दिने आफ्नै हुन्छन !!
