भेट्न आउँथिन् गाग्रो बोकी पानी पधेरिमा
चोखो माया जोगाइ राख्न लुकीछिपी अधेरिमा
छिपाएर कहाँ छिप्थे उमंग जवानीको
एउटा छुट्टै अर्थ थियो हाम्रो कहानीको
समाजको आँखा उस्लाई हेर्ने थियो छुट्टै खाले
मैले भने मनमन्दिरमा दियो उस्कै नाममा बालें
रुडीबादले पिल्सिएको गिद्धे नजर पर्यो
दैवले होइन हाम्रो माया यै समाजले हर्यो
उस्ले जस्तै अमुल्य जीवन धेरैले दाउमा हाले
मैले भने मनमन्दिरमा दियो उस्कै नाममा बालें
