Skip to content

देख्दा कतै घाउ छैन

आँखाबाट झर्ने आँशु,बग्ने कतै ठाउ छैन
जम्छ आँशु ताल बन्दै,तर्ने कुनै नाउ छैन

राखे सधै मन मन्दिरमा,आफ्नै द्यौता ठानी
एक्लै बस्छु भन्यौ आज,राखौ कतै गाउँ छैन

पूजा गरे पुजारी भै,थाप्दै तिम्रा आशिष्हरू
जल दिदै फूल चढाए,पुजारिकै भाउ छैन

मेरो घर खालि हुन्छ,आऊ यतै बास बस
बिन्ती गर्छु हात जोडी,सत्य कुनै दाउ छैन

चोट थियो हृदयमा, छाम्यो कि त दुखी हाल्ने
पीडा दिन्थ्यो दिन रात,देख्दा कतै घाउ छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *