नयाँ वर्षको पात्रो फेरियो
समस्या जस्ताको तस्तै
आशाको ज्योती क्षितज पारी छ
हर्ष र उमङ्ग देख्नै गाह्रो
दिन त फेरियो तर
विहान खाए बेलुका छाक टार्न गाह्रो
राजनीति त फेरियो तर
नेताहरुको चरित्र फेरिएन
जनताको समस्या जस्ताको तस्तै रहयो
नेताहरुको आलिसान महल बन्दै गयो
संविधान बन्छ भनी आश धेरै गरियो
नेताहरुको जुँगाको लडाई कहिले नसकिने भयो ।
जनताहरु भोक भोकै बाँच्न बाध्य भए
नेताहरुले खाएर नभ्याउने भए
जनताहरुको टुलु टुली हेरेर बस्ने भए
नेताहरुले देशको अस्मिता लुटिनै रहे लुटिनै रहे ।
