
आमा बाबा सधैं तिम्रो वरिपरि हुन पाऊँ
कोमल तिनै पाउहरूमा सिर निहुराई छुन पाऊँ
चाहिंदैन अरु कुनै संसारको खुशी मलाई
नयनभित्र नबिझाई, आँसु बनी चुन पाऊँ
दसौं धारा दु:धको भारा तिर्नमैले नसके नि
हर्षको त्यो आँशुहरूले मुहार सधैं धुन पाऊँ,
अधुरो छ जीवन यो, आमा तिम्रो काखबिना
तिम्रा हरेक पीडाहरूलाई अङ्गालेर रुन पाऊँ
जन्म दिई कर्म दियौ सुनौलो यो संसार दियौ
सातै जुनी किन नहोस तिम्रै सन्तान हुन पाऊँ
डिल्ली प्रसाद खराल घायल
बिरेन्द्रनगर चितवन,
हाल : दुबई यू.ए.इ,
