
हाँस्न भन्छौ मन मेरो टुटेको देख्दा देख्दै
सिसा जस्तै भाग्य आज फुटेको देख्दा देख्दै
सागरको लहर जस्तै अशान्त यो जिन्दगीमा
गाँस्न भन्छौं सम्बन्ध त्यो छुटेको देख्दा देख्दै
उजाड यो जिन्दगीमा बिरहले पाइला टेक्दा
बाँच्न भन्छौ खडेरीले भुटेको देख्दा देख्दै
यो छातीमा घायल मुटु बोकेर मैले हिद्द्दा
नाच्न भन्छौ भाग्यले यति लुटेको देख्दा देख्दै
निर्दोष त्यो आँशुहरू पुछिदिने हातलाई किन
भाँच्न भन्छौ काँडाले मुटु खुटेको देख्दा देख्दै
डिल्ली प्रसाद खराल”घायल”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,
