Skip to content

दुःख अर्थात् अावश्यकता


पूर्णिमा रातमा जूनको दुःख छ,
गीतसङ्गीतमा धूनको दुः छ ।
सून देशैभरी नूनको दःख छ,
मेषका गोठ छन् ऊनको दुःख छ ।

धान धेरै फल्यो खानको दुःख छ,
देश रित्याउँदै लानको दुःख छ ।
धेर मन्त्री बने चोरको दुःख छ,
प्राज्ञ थुन्ने ठुलो खोरको दुःख छ ।

माथि नेता गए भाँडको दुःख छ ।
जाँड धोक्छन् सबै राँडको दुःख छ ।
स्वस्थ छन् सुन्दरी गाँडको दुःख छ,
देश थारो भयो साँडको दःख छ ।

सिंहदर्बारमा ढाँटको दुःख छ,
लाखका छन् पलङ् खाटको दुःख छ ।
शूर छन् वीर छन् आँटको दुःख छ,
देश टुक्र्याउने भाटको दुःख छ ।

आज भन्सारमा भव्यको दुःख छ,
घूस खान्नन् त्यहाँ द्रव्यको दुःख छ ।
नेत्र छन् बार सौ दृष्टिको दुःख छ,
दर्र दर्क्यो झरी वृष्टिको दुःख छ ।

बृद्धलाई अझै बैंसको दुःख छ,
केश पाक्यो सबै ऐसको दुःख छ ।
सत्य छाड्ने यहाँ ओठको दुःख छ,
बस्तु छन् छ सए गोठको दुःख छ ।
जाँच दिन्छन् पढी चीटको दुःख,
चीट राख्ने नयाँ सीटको दुःख छ ।
जाति धेरै भए जातको दुःख छ,
देश सम्पन्न भो भातको दुःख छ ।

राजधानी छिर्यो गन्धको दुःख छ,
फिर्न खोज्यो भने बन्दको दुः छ ।
रोग कम्ती हुँदा भोग के मिल्दथ्यो !
भन्दछन् रोगविद् रोगकै दुःख छ ।

बा नबस् जा छिटै साथ स्वास्नी लिई,
भन्नमा पोख्त सत्पुत्रको दुःख छ ।
खान्छु आफैं मिठो खाउ सासू पिठो,
भन्दिने घर्वधूको ठुलो दुःख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *