आफू माथि बढ्नलाई किन देखाउँछौ आश ।
सक्छौ भने शान्ति ल्याऊ अशान्तिलाई नाश ।।
गरिबीले सताको छ जन्ता भोकै मरेका छन् ।
तिमीहरू मिलिजुली मिलाईदेऊ न गाँस ।।
झुपडी नि छैन काहीँ बसेका छन् नांगै ।
सबले सानो सहयोग गरी बनाइदेऊ न बास ।।
मूल्य बृद्धि हुँदै गाछ, भोकमरीले सताको छ ।
गरिबीलाई हित गर्न महंगीलाई भास ।।
सक्छौ भने शान्ति ल्याऊ अशान्तिलाई नाश ।।।
