Skip to content

पर्खी बसेँ लहर जीवनमा


पर्खी बसेँ लहर जीवनमा म यौटा
खोज्दै नयाँ बहर जीवनमा म यौटा ।

वर्षौँ भयो हृदयमा किन चल्छ आँधी
भोग्दै छु त्यो कहर जीवनमा म यौटा ।

यत्रो विशाल जगमा हुलिया हरायो
भौँतारिँदै सहर जीवनमा म यौटा ।

भाग्यौ लगाइ मनमा अनुराग आगो
पाऊँ कहाँ नहर जीवनमा म यौटा ।
(वसन्ततिलका छन्दमा)
-पथरीशनिश्चरे-१३, कीर्तिपुर, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *