अामा बाबा कस्तो हाेला अायाे भुइँ चालाे
पुगेन कि अझै पनि अाउने उसकाे पालाे ।
डर लाग्दाे यसै पनि कस्तो भुइँ चालाे
चुक भन्दा अझै हाेला भुइँचालाे कालाे ।।
हामीलाई यसले किन रुवाएकाे हाेला
अामा बाबाहरुलाई कता लग्याे हाेला
पिर्थिवी नै हाल्लाउँछ हानी हानी साेला
भुइँ भात्रै डराएन डराएछ खेाला ।।
धरराकाे ज्यानै लियाे चर्काएछ बाटाे
उम्लिएकाे पानी जस्तै पारो यस्ले माटाे
हजाराैकाे ज्यान लियाे कैले बस्ला खाटाे
नेपाललाइ उँधाे लायाे उँभाे लाउनु साटाे ।।
साथीहरु हामीलाइ यस्ले एक्लाे पाराे
जमीनलाइ मानाै यस्लै चारैतिर दाराे
डर लाग्छ अझै पनि सम्झदैमा यसलाइ
डाक्टर साहेब भगाइदेउ न हाम्रो भित्रि डरलाइ ।
