लेखमा माथि लालिगुराँस फुल्छ मानौं यस्तो
मेरै शिरमा ढाका टोपी लगाएको जस्तो
देशको माया मुटुभित्र उर्लिएको कस्तो
ढुक्कुरका जोडी मानौं कुर्लिएको जस्तो…. राजै कुर्लिएको जस्तो
तल हेर्यो बेंसीतिर धानका बाला झुल्छन्
मानौं मेरा देशैभरि मायाप्रीति फुल्छन्
माथिमाथि लेखतिर धुप्पी सुसाएको
बैंसालुले मीठोमिठो गीतै हो गाएको….. राजै गीतै हो गाएको ।
आज मेरो मन हुन्छ किन कस्तो कस्तो
देशैभरि मायाप्रीति लगाएको जस्तो ।
किन होला मेरो मुटु यसै लोलाएको
मानौ कुनै प्रेमिकाले आफैं बोलाएको…..राजै यसै बोलाएको ।
लेखमा माथि लालिगुराँस फुल्छ मानौं यस्तो
मेरै शिरमा ढाका टोपी लगाएको जस्तो ।।
लेखमा माथि लालिगुराँस फुल्छ मानौं यस्तो
मेरै शिरमा ढाका टोपी लगाएको जस्तो ।।
