जसले बोक्यो त्यो उसैको, भारी हुनुपर्यो।
जसले जोत्छ त्यो उसैको, बारी हुनुपर्यो।।
हरेक सिन्दुर पुछिएका, आमाहरूको;
शेतो हैन अब रातो, सारी हुनुपर्यो।
धेरै पछि परे देशमा, दलित, नारी, गरिब;
अब देशको प्रधानमन्त्री, नारी हुनुपर्यो।
कहिल्यसम्म ‘अधिकार, बिहीन्’ हुने जनता?
चाँडै देशमा सँविधान, जारी हुनुपर्यो।
न्यायधिषले मान्छे मार्दा, बोल्दैन कानून;
कानून अब जनको ‘पक्ष, धारी’ हुनुपर्यो।।।
