Skip to content

को सङ्ग गरौ तिम्रो तुलना

received_384783135044713

तिम्रो सुन्दरताको तुलना
म के सङग गरौ
फूल सङ्ग गरौ
कि जुन सङ्ग गरौ
तारा सङ्ग गरौ
कि सुन सङग गरौ
अह गर्दिन म कसै सङ्ग
किनकी तिमी जस्तो छौ सुन्दर छौ
भित्र अनेक ब्यथा बोकेर बाच्न सक्ने
विशाल समुन्दर हौ

तिम्रो बोलिको तुलना
म के सङ्ग गरौ
cuckoo bird सङ्ग गरौ
कि comon loon सङग गरौ
या सारङ्गीको मीठो धुन सङ्ग गरौ
अह गर्दिन म कसै सङ्ग
किनकी तिम्रो बोली जस्तो छ
मलाई मीठो लाग्छ
जब जब म तिमी लाई सुन्छु
मनमा असिम आनन्द जाग्छ

तिम्रो मुस्कानको तुलना
म के सङग गरौ
बिहानिको घाम सङ्ग गरौ
कि सुन्दर शाम सङ्ग गरौ
या त रङ्गीन रातमा छचल्किने
मिठो जाम सङ्ग गरौ
अह म गर्दिन कसै सङ्ग
किनकी तिम्रो मुस्कान जस्तो छ
अमुल्य छ
स्वच्छ ,सदावहार अनि अतुल्य छ

मेरो प्यारो साथी
तिमी जस्तो छौ तेस्तै रहनु
बरु अनेक भुचाल
अनि धक्काहरु सहनु
तर हावाको झोक्का सङ्गै
कहिले यता कहिले उता नबहनु
किनकी तिमी जस्तो छौ प्यारो छौ
हर्दम दिलको नजिक पाउछु
हुन त धेरै टाढो छौ

बरु साथमा छैन कोहि त के भो
बरु यसै गरि एक्लै रमाउनु नाच्नु
म त भन्छु तिमिले सधै
aafno attitude लाई बिचारलाइ
कसैको लागि हर समय हरबार
नबदल्नु तर राख्नु ,साच्नु
तिमिलाइ कसै सङग तुलना हुनु आवश्यक छैन
तिमी अरुको नक्कल नगरी
जिवनभर आफनै स्वरुपमा बाच्नु।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *