Skip to content

के भो सानु


केभो कुन्नि सानीलाई निन्याउरो देख्छु म
बिमारी छिन् रे भनेर पो अरूबाटै सुन्छु म

खवर संचार सबै बन्द भूकम्पले हो कि त
बेहाल भयौ सानी तिमी साह्रै दुब्ली देख्छु म !!!

बेगान जगा बेगान मान्छे घुल्न साह्रै गाह्रो भो
धेरै सुर्ता गर्यौ कि त साह्रै न्यस्री देख्छु म

डाँडा पाखा मेला पर्म तिम्रो जीवन यस्तै भो
हथेलीका ठेलाहरू जल्जलाउँदो देख्छु म

कस्तो जीवन छान्यौ तिम्ले सुर्ताउननै नपाउने
सन्तोष नै सबैभन्दा उँचो कुरा देख्छु म !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *