आफ्नो घरमा बडाे मजाले बसेका पालिएका एक जाेडी कुकुर बेलाबेला भुक्थे र घरकाे सुरक्षा गर्थे । आफ्ना घरकाे राम्रो सुरक्षा गरिरहेकाेमा तिनकाे मालिक पनि खुसी थियाे । बेला बेला खान मिल्थ्याे । घर मालिकबाट उनीहरुले राम्रो माया पाएका थिए।
समयक्रममा तिनीहरुकाे एक छाउराे जन्म्याे । छाउरो पनि राम्रो गरी हुर्कन थाल्यो । एक दिन उसले बाहिर सडकमा हल्लीखल्ली गर्ने भु्सियाहरु देखेर अामालाइ अाफु पनि बाहिर जान पाए हुने कुरा गर्याे ।
“याे बेला तँलाइ यसको केही ज्ञान छैन । चूप लाग् ।” अामाचाहिले भनी ।
फेरि पनि उसले ढिपी गर्न छोड्न ।
“बाहिर अरुसँग लावालस्कर लागेर कुद्न ता सक्लास् तर तैले बाहिरकाे कुरा बुझेकै छैनस् । कुद्न ता सजिलाे हाेला तर भाेको कुद्न र अर्काले पाएकाे एक नलीहाडसँग गाँड काेराकाेर गरेकाे तैले देखेकाे छैनस् । पेट कसरी पालिन्छ तँलाइ ज्ञानै छैनस् । बस् यही बस् ।”
फेरि पनि मानेन । सारै ढिपी गरेकाेले अामाचाहिँलाइ बाबुचाहिले भन्याे “लाै त जाओस् हेरोस् याे दुनियाँ जान दे” बाबुले यसाे भनेकोले र सारै ढीपी गरेपछि छाडिदिई उसलइ अामाले ।
बाहिर निस्क्यो छाउरो ।
बाहिर जानासाथ बाहिरका ससारमा उ नयाँ थियाे र नयाँ ससारमा नयाँ सदस्यकाे सहज प्रबेश हुन पाएन । ङारङुर सुरु भयाे । तर केही समझदार पनि थिए । एक बुढो कुकुरले उसलाइ भन्याे “तेरा लागि याे अर्काेकाे ठाउँ हाे । यहाँकाे धर्म बेग्लै छ । यहाँ अाएपछि धर्म परिवर्तन गर्नु पर्छ । यो गल्लीमा ता नर्क पनि खानु पर्छ । तँ तयार छस् याे सब गर्न ?”
छाउराे बाेलेन ।
अर्काेले भन्याे- ” यहाँ ता एक हड्डीका लागि मारामार पनि हुन्छ तँ यसाे गर्न तयार छस् ?”
फेरि पहिलेकैले भन्याे “खुला दौडन पाइन्छ भनेर सुरुमा लोभलाग्दो लाग्ला तर यहाँ निर्बाह गर्न सजिलाे छैन ।”
अर्कोले तुरुन्तै भन्याे “गल्लीमा फ्याँकिएका कुराले पेट पाल्नु पर्छ सक्छस् भने मात्र अाइज नत्र फर्की ।”
यसै बेला उसले अलिक पर कुकुरलाइ एक घरिभत्रबाट एक रोटी फ्याँकियाे । राेटीका लागि काग लगायत दसाै भुसिया कुकुरहरु झम्टिएकाे उसले देख्यो ।
अनि उसले तुरुन्तै याे सब गर्नु भन्दा ता पुरानै घर जानु उत्तम लागेर उ फर्कियाे । यता उसकाे निस्केकाे ढोका भने बन्द भइसकेकाे पाे रहेछ । घरभित्र पस्ने बेला ता बितिसकेछ ।

dami lagyo
dami lagyo