
नयन भरि आँशुको सागर भरेर के पाँयौ भन
यो मुटुमा अंन्तरघात गरेर के पाँयौ भन’
रहर बिर्सी-जहर पिदै बाँच्नु परेको बेला
मेरै आँशुको सागर बाट तरेर के पाँयौ भन’
भित्र भीत्रै ब्यथाको भारी बढेर आँशु छल्किदा
यो दिलबाट अन्तै बसाई सरेर के पाँयौ भन
पिरती को झुठो नाटक खेल्नु सम्म खेलेर
बत्तिमा पुतली परे झैं परेर के पाँयौ भन’
उजाड उराठ जिन्दगिमा आशाको मुना भाच्दै गर्दा
जीउँदा मेरा चाहना लाई हरेर के पाँयौ भन’
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई”
