Skip to content

अक्सर कता कता भौतारिने मन आज चरा जस्तै भुर्‍र भुर्‍र उड्न खोज्दै छ ।लाग्छ मनमा नयाँ पखेटा पलाएका छन र त मलाई उडाउन खोज्दै छन् त्यो माथीको फराकिलो आकाश तिर ।ए कता हराको उता बाट दिदि बोल्नु भयो ।निद्राबाट झल्यास्स बिउँझेझैं मैले मौनतामा बिना उत्तर दिदिको प्रश्नलाई टुङ्गो लगाए ।तैंले पनि थाहा पाइसकेको रहेछ्स ल म त गए अनि मनलाई सम्हालेर बस्नु है । दिदिका मुखबाट निस्केका शब्दहरु त्यति बुझ्नलाइ सजिला थिएनन् तर मैले बेवास्ता गरे र आफ्नै मनतर्फ फर्के । दिदि हिडेको बाटोतिर नजर घुमाउदा दिदिको छाया सम्म पहिचानमा आएन ।पाइलाका प्रत्येक ट्याक ट्याकमा धुलो उडाउने त्यो गोरेटो आज शून्य थियो । लाग्थ्यो हश्राशुले बाटोको धुलोलाइ मौनताको गतिलो खोल ओडाएका थिए । आज त सबै अजिब अजिब भएको मनले जनाइरहेको थियो । तर मेरो मन दौडिरहेको थियो केबल म आउँदै छु भन्ने स्वरमा । आहा कति मीठो स्वर । म आज त्यहीँ आकाश मुनिको अटल रुखको फेदमा छु जहाँ हामी अक्सर बस्ने गर्थ्यौ । घडी हेर्दा साझाको ४ बजिसकेको थियो । म हतारहतार बसपार्क तिर त्यहीँ ” म आउदै छु ” भन्ने स्वरलाइ भेटाउन । मेरा पाइलाहरु गन्तब्य तिरको दौडमा प्रतिस्पर्धी बनेका थिए । मनको धड्कन पनि बेस्सरी बढ्दै थियो । सधै मज्जाले हिड्ने बाटोमा पनि स्वास्वा बढ्न थाल्यो तर मन थाकेन दौडिरह्यो आफ्नै लक्ष्य तिर म पुगिसकेको थियो जब घडीको सुइ ५ गएर टक्क अडिएको थियो । बढ्दो धड्कनको गति रोकिएको थिएन । यता उता भौतारिए तर उनीलाई भेटाउन सकिन । म ढुक्क थिए कि मेरी सानी आखाकी नानीले मलाई ढाटेकी पक्का छैनन् । म अन्धकारमा प्रतीक्षाका उज्याला दिप बालेर पर्खी रहे । अनगिन्ती बस आए गए हराए तर मेरी सानी आइन्न ।पोलेको मासु सरह पत्ताउन थालेको मनलाई निभाउन मोबाइल बज्यो :: फोन उठाए :: कता हराको ह तलाइ हाम्रो माया लागेन आकाङ्क्षाको माया हामीलाई नलागेको होर के गर्नु दैबको खेल येस्तै छ ……………!!, राम्ररी फुल नफुल्दै चुडाल्यो दैबले । बस दुर्घटनामा परी आकाङ्क्षाले सन्सार छोडिछिन । मैले रुन समेत नसकेको पललाई शब्दले के खोल्लान र ? आशासाथ पर्खेका आँखाहरु धमिला भए मन खिन्न भो , मन चिच्याउन थाल्यो र कानमा ध्वनि गुन्जिन थाल्यो : आकाङ्क्षा ::; आकाङ्क्षा !””#निश्चल

Leave a Reply

Your email address will not be published. Required fields are marked *