म त खुशामद गर्दिन साथी किन गर्नु कसलाई गर्नु
केको आशमा दीनहीन भई याचक जस्तो छुद्र हुनु ।
राम सिद्धियो श्याम सिद्दियो यो कोही जब जीवित छैन
जानु छ एकदिन निश्चित नबुझी क्षण क्षण किन जिउँदै मर्नु ।
उच्च महलमा बस्दैमा नभ छुन नसक्ने भएपछि
झूठ ठगी बेइमानीको पछि के पाउँनलाई साथ दिनु ।
देश जाती र राष्ट्र ठगेर चाँदी थुपार्नु भन्दा बरु
मातृभूमिको घाउ सुसारी जय जय जय नेपाल भनूँ ।
मान्दैन किन छुद्र आत्मा पौडेल बुझ्न नसक्ने भो
जे जति गरी पनि सब चाहन्छन् थुक लगाई नोट गनूँ ।
